चितवन
नारायणगढ-मुग्लिन सडकअन्तर्गत तुइन खोला नजिक बिहीबारदेखि खसेको पहिरो हटाइएको छ । पहिरो सफा गरेर शुक्रबार साँझ ५ बजेदेखि गाडी चल्न सुरू भएका छन् । तर माथिबाट ढुंगा झर्न नरोकिएका कारण होसियारीका साथ गाडी चलाउन भरतपुरको डिभिजन सडक कार्यालयले अनुरोध गरेको छ ।
यो सडक बिहीबार दिउँसो १ बजेदेखि अवरूद्ध थियो ।
पहिरो सफा हुनासाथ गाडी चल्दा माथिबाट खसेको ढुंगाले दुईवटा मोटरसाइकललाई लागेको थियो । मोटरसाइकल चालकहरूले भागेर ज्यान जोगाएको डिभिजन कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताए । हिजोदेखि नै सडकमा थुप्रै गाडी रोकिएका कारण पहिरो सफा भए पनि राम्रोसँग गाडी चल्न समस्या छ । झन् ढुंगा झर्न नरोकिएको हुँदा अर्को जोखिम पनि कायम रहेको प्रहरीले बताएको छ ।
More Stories
असफल भईसकेका प्रधानमन्त्री ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेका छन् : प्रभु साह
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी