काठमाडौं ।
मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गरिनुपर्नेमा कानुन क्षेत्रका विज्ञले जोड दिएका छन् ।
महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफलमा मानव तस्करीसम्बन्धी छुट्टै कानुन नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा मानव तस्करीको मुद्दा चलाउन नसकिएकाले छिट्टै यससम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।
मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले मानव बेचबिखनसम्बन्धी कानुन संशोधन गरी तस्करीको दफा राख्न खोजिएको जानकारी गराएका हुन् । मानव तस्करीसम्बन्धी अलग कानुन बनाएर यो विषयलाई सम्बोधन गरिनुपर्ने उनको भनाइ थियाे ।
अधिवक्ता बिमला खड्का दर्लामीले सरकारी वकिलसँगै पीडितलाई अन्य कानुन व्यवसायी पनि उपलब्ध गराउने गरी कानुनमा संशोधन गरिनुपर्नेमा जोड दिइन । उनले कानुनमा संशोधन गर्नुपर्ने बुँदा पनि प्रस्तुत गरेकी थिइन ।राजधानी समाचारदाता
More Stories
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
सुरेन्द्र ढकाल प्रतिष्ठानले तीन सय कम्बल बाडे
कर, नकारात्मक क्रियाकलाप, समाजमा सुशासन कायम गर्न लगायतको विषय राख्दै कर्कचमा युवाहरूद्वारा विरोध र्याली