बेङ्लोर (भारत), असार १२ गते ।
नेपालले भारतमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० गोलले हरायो ।
बेङ्लोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा नेपाललाई जिताउन आशिष् चौधरीले निर्णायक गोल गर्नुभयो । आशिषले ८०औँ मिनेटमा लाकेन लिम्बुको पासमा गोल गर्दै नेपाललाई जिताउनुभयो ।
आशिषको यो नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु हो । पाकिस्तानसँगका जितसँगै नेपालले साफमा सुखद अन्त्य गरेको छ । तीन खेलमा ती अङ्क बनाएको नेपाल समूहमा तेस्रो भयो । पाकिस्तान अङ्कबिहन बन्यो ।
नेपाल समूह ‘ए’ पहिलो खेलमा आमन्त्रित टिम कुवेतसँग ३–१ र दोस्रो खेलमा साबिक विजेता भारतसँग २–० गोलले पराजित भएको थियो । यस समूहबाट कुवेत र भारतले अन्तिम चारमा स्थान बनाएको छ ।
More Stories
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ