काठमाडौँ-
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ माग गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर बालेनविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो ।
यसअघि मेयर बालेनले अदालतको आदेश नमान्ने भनी अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षा झाले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।
मेयर बालेनले भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शनलाई लिएर हल सञ्चालकले दायर गरेको मुद्दामा पाटन उच्च अदालतको आदेश नमान्ने बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत् आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर उक्त फिल्म चल्न नदिने अडान लिएका थिए ।
More Stories
कर, नकारात्मक क्रियाकलाप, समाजमा सुशासन कायम गर्न लगायतको विषय राख्दै कर्कचमा युवाहरूद्वारा विरोध र्याली
मिति वि।स।२०८१ श्रावन ०२ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।
मिति वि.स.२०८१ सावन ०१ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।