एजेन्सी ।
बलिउडका चर्चित अभिनेता शाहरुख खानकी छोरी सुहाना खान चर्चामा आइरहन्छिन् । छिटै उनी जोया अख्तरको ‘द आर्चीज’ मा देखिँदैछिन् जसमा उनी बाहेक खुशी कपूर र अगस्त्य नन्दा पनि मूख्य भूमिकामा देखिएका छन् । अहिले उनले खेतीकिसानी तिर पनि यात्रा थालेकी छन् ।
कुरा के भने, सुहाना खानले अलीबागको थाल गाउँमा खेत किनेकी छन्, जसको मूल्य करोडौं छ । यति मात्र नभएर सुहानाले रजिस्ट्रेशनको कागजमा आफूलाई किसान भनेकी छन् । उनको यस्तो कदमले सबैलाई हैरान पारेको छ ।
मिडिया रिपोर्टका अनुसार सुहाना खानले १ जुनमा डेढ एकड जमीन किनेकी छन् । जसको मूल्य लगभग १३ करोड भारतीय रुपैंया छ । सुहानाले खेत किन्नुअघि शाहरुख खानले पनि अलिबागमा आलिशान बंगला बनाएका छन् ।
किंग खानको अलिबागमा समुद्र किनारामा एक बंगला रहेको छ जसमा स्वीमिंग पूल र हेलीप्याड समेत बनेको छ । उनले आफ्नो जन्मदिन समेत अलिवागको उक्त बंगलोमा मनाएका थिए ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै