एजेन्सी ।
नयाँ सिजनका लागि बलियो तयारी गरेको चेल्सीले नयाँ फरवार्ड अनुबन्ध गरेको छ । चेल्सीले भिल्लारियलका फरवार्ड निकोलस ज्याकसनलाई ३५ मिलियन युरोमा अनुबन्ध गरेको हो ।
भिल्लारियलमा ३८ खेलमा १३ गोल गरेका उनलाई चेल्सीले फ्रन्टलाइन मजबुत बनाउन अनुबन्ध गरेको हो ।
गएको जनवरीमा बोर्नेमाउथले उनलाई अनुबन्ध गर्न चाहेको थियो ।
तर, घाइते उनले मेडिकल पास गर्न सकेनन् । अन्तत, उनी चेल्सी जस्तो ठुलो क्लबमा अनुबन्ध भएका छन् ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे