१० असार, दाङ।
तुलसीपुर उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार ल्याएको छ। आइतवार १३ औं नगर सभाको दोस्रो बैठकमा नगरका प्रवक्ता माधव वलीले एक अर्ब ७९ करोड ४५ लाख ६९ हजारको बजेट प्रस्तुत गरेका हुन्।
उनले आर्थिक वर्षको चालुतर्फ ४७ करोड ७ लाख १८ हजार र पुँजीगतर्फ १ अर्ब ३० करोड ८८ लाख ५१ हजार विनीयोजन गरेको बताए ।
गत वर्ष उपमहानगरले एक अर्ब ८६ करोड ४७ लाखको बजेट ल्याएको थियो । यो आर्थिक वर्षको बजेट गत वर्षभन्दा सात करोड १३ लाख कम ल्याएको हो ।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार