बागलुङ —
शुक्रबार बागलुङ नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भएको नगरकी छोरी कार्यक्रमका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नगर प्रमुख बसन्तकुमार श्रेष्ठले शुक्रबार छोरी जन्मनेबित्तिकै ५ हजार रुपैयाँको मुद्दती खाता खोल्ने नीति सार्वजनिक गरेका थिए । उपप्रमुख राजु खड्काले आइतबार उक्त नीतिलाई सम्बोधन गरेर पहिलो पटक कार्यविधि बनाएर कार्यान्वयन गर्न १५ लाख रकम विनियोजन गरेका हुन् । यो नीति अनुसार विनियोजित बजेटले आगामी आर्थिक वर्ष बागलुङ नगरभित्र जन्मने कम्तीमा ३ सय छोरीलाई खाता खोल्न पुग्ने भएको हो ।
छोरी भएमा भ्रुण हत्यासमेत गर्ने चलन अन्त्य गर्दै महिला प्रतिको सम्मान बढाउन बजेट विनियोजन गरिएको श्रेष्ठले जानकारी दिए ।
बागलुङ नगरपालिकाले पहिलो पटक कुकुर होस्टेलसमेत निर्माण गर्न लागेको छ । त्यसका लागि पनि नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो अभियान अनुसार छाडा कुकुर एकीकृत गरेर राख्ने, सरसफाइ र रोग विरुद्धको खोप लगाउने तथा पाल्न चाहनेका लागि दर्ता गरेर दिने व्यवस्था गरिनेछ ।
घरघरमा पालिएका कुकुर पनि अनिवार्य दर्ता र नवीकरण गर्नुपर्ने समेत नगरपालिकाले व्यवस्था सुरु गरेको हो । आगामी आव २०८०/०८१ का लागि बागलुङ नगरको १ अर्ब ३३ करोडको बजेट सार्वजनिक भएको हो ।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार