July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपाल डेरी एसोसिएसनको चौथो अंक ‘डेरी दर्पण’ विमोचन, उद्योगीलाई सम्मान

 

ललितपुर, १० असार ।

नेपाल डेरी एसोसिएसनले आफ्नो चौथो अंक ‘डेरी दर्पण’ विमोचन गरेको छ । एसोसिएसनले प्रकाशन गरेको चौथो अंकको विमोचन कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले गरेका हुन् ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार पुस्तकमा समग्र डेरी क्षेत्रलाई चाहिने सबै कुरा समेटेर छापिएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत वस्तुगत संघका उपाध्यक्ष एवं कार्यकारीणी सदस्यहरूलाई सम्मान गरिएको छ । जसमा हेमराज ढकाल, अरनिको राजभण्डारी, भक्त हमाल, हरिबहादुर कार्की, कमला श्रेष्ठ, लिलेन्द्रप्रसाद प्रधान, मनोज अधिकारी, नानीराज अधिकारी, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, रबिन पुरी, राजकुमार कार्की, शिवप्रसाद घिमिरे, शोभा ज्ञावली र सुबोधकुमार गुप्ता रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रका मनोनित सदस्यलाई गर्ने क्रममा डीबी बस्नेत, राजकुमार कार्की, दिनेश पराजुली, प्रल्हाद दाहाल, मनोजकुमार चापागाईं, खोजराज कटुवाल, सुनिता न्हेमाफुकी र रत्न कार्की रहेका छन् ।

कार्यक्रममा डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दुग्ध क्षेत्र एक संवेदनशील क्षेत्र रहेको र यो क्षेत्रको एक मात्र सरोकारवाला निकाय राष्ट्रिय दुग्ध विकास बोर्डको खारेजी प्रक्रिया अविलम्ब रोक्नुपर्नेमा जोड दिएका थिए ।