July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

फिदिम नगरपालिकाको बजेट ९६ करोड ९५ लाख

 

फिदिम, असार १० गते ।

पाँचथरको एक मात्र नगरपालिका ‘फिदिमले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि ९६ करोड ९५ लाख ७९ हजार ९ सय २६ रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले आइतबार बजेट सहित नीति र कार्यक्रम नगरसभामा पेश गर्नुभएको हो ।

उक्त बजेटमध्ये पूर्वाधार विकासमा २१ करोड ४५ लाख सामाजिक विकासमा ५२ करोड ५७ लाख, आर्थिक विकासमा ७ करोड ४४ लाख, वन वातावरण र विपदमा १९ करोड ८० लाख, सार्वजनिक सेवा र सुशासनमा २ करोड ४० लाख र सञ्चालन खर्चमा १९ करोड ५० लाख रुपैंया खर्च गर्ने उल्लेख गरिएको छ ।

नगरपालिकाको नीति र कार्यक्रममा एक वडा एक उत्पादन, कृषि, पशुपालन र सरसफाइ जस्ता विषय समेटिएका छन् । शैक्षिक सुधार र पर्यटन विकासलाई पनि प्राथमिकतामा राखिएको नगरप्रमूख मित्रप्रसाद काफ्लेले बताउनुभयो । फिदिम नगरपालिकासँगै याङवरक, फालेलुङ, हिलिहाङ, कुम्मायक र तुम्वेवा गाउँपालिकाले पनि आइतवार नै बजेट सहित नीति र कार्यक्रम सार्वजनिक गरेका छन्।

जिल्लाको फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाले भने यसअघि नै बजेट ल्याइसकेका छन् ।