July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा तालाबन्दी

 

गौर । राम प्रबेश बैठा 

नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी भएको छ । केही महिनाअघि नयाँ सदस्यताका लागि आह्वान गरेको भए पनि सदस्यताका लागि महासंघले माग गरेको आवश्यक पर्ने सम्पूर्ण कागजपत्र दिएको भए पनि सदस्यताबाट बन्चित गरिएको भन्दै कृयाशील पत्रकारहरुले तालाबन्दी गरिदिएका हुन। । महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले मनोमानी ढंगले कृयाशील भन्दा पनि नातावाद अनुसार नयाँ सदस्यता थपेको आरोप पत्रकार प्रबिण टिबडेवालको छ । वर्षौँदेखि निरन्तर समाचार लेखनमा सकृय रहेकालाई पाखा लगाउँदै शुद्धीकरणको नाममा कतिको सदस्यता खोस्ने र कतिलाई मानार्थ सदस्यमा राखिएको महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष रबिन्द्र साहको आरोप छ । अध्यक्षमा निर्वाचित व्यक्तिले पत्रकारको हकहितका बारेमा काम गर्दै जानुपर्ने भए पनि परिवारवाद र राजनीतिक खेलमा परेर अरुको अधिकार खोस्न नमिल्ने भन्दै साहले पत्रकार महासंघ केन्द्रीय समितिले यो तालाबन्दी र आन्दोलन वास्तविक पत्रकारहरुको हक र अधिकारको लडाइँ भएको बुझ्नुपर्ने उनको तर्क छ ।