December 9, 2023

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बाजुरामा चट्याङ लागेर चार भैंसी मरे

 

बाजुरा

बाजुरामा चट्याङ लागेर चार भैंसी मरेका छन् । बडिमालिका-७ मा शुक्रबार राति चट्याङ लागेर स्थानीयले पालेका चार भैंसी र एक गाई मरेका हुन् ।

बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार राति चट्याङ लागेर चार भैंसी सहित एक गाई मरेका छन् । 

स्थानीय प्रेम खत्री, सत्या खत्री, गोरे पाध्याय र पृथु गुरुङका एक-एक भैंसी मरेका हुन् भने खडकलाल जैशीको एक गाई मरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।