काठमाडौं–
जिम्बाबेको टाकासिंगा मैदानमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत नेपालले नेदरल्यान्डसँगको खेलमा ७ विकेट गुमाएको छ।
लगातार विकेट गुमाउँदै गएपछि निर्धारित ५० ओभर नटिक्ने स्थिति आइपरेको बढेको छ। नेपालले अहिले सात विकेट गुमाइसकेको छ। सात विकेट गुमाउँदा नेपालले १२३ रन मात्र बनाएको छ।
नेपालले सातौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो। उनले २१ बलमा १४ रन मात्र बनाउन सके।
यसअघि नेपालका कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आसिफ शेख र कप्तान रोहित पौडेल आउट भइसकेका छन्। उनीहरुले सम्झनलायक प्रदर्शन गरेनन्। अझ आसिफ शून्य रनमै आउट भए। विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नैपर्ने खेलमा नेपाल दबाबमा परेको हो।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै