बुटवल।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले भैरहवामा एक मिटरब्याजीको घरमा घेराउ गरेका छन् । उनीहरूले पीडितहरूको आग्रहमा मिटरब्याजी रमानन्द बानियाँको घर घेराउ गरेका हुन् ।
सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी बानियाँको घर मिटरब्याजी पीडितहरूको आग्रहमा नियन्त्रणमा लिइएको नेकपाले दाबी गरेको छ । पीडित ऋणीको उपस्थितिमा नेकपाले शनिबार भैरहवास्थित मिलन चोक र बुद्धचोकमा रहेको बानियाँको घर घेराउ गरेको विप्लव समूहका जिल्ला एक नेताले बताए ।
बानियाँले मिटरब्याज ठगी गरेको भन्दै ६२ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पनि प्रशासनले बेवास्ता गरेपछि ऋणीहरूले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे