July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मन्त्रीहरुलाई तत्काल बर्खास्त गरेर नयाँ व्यवस्था गर्नुपर्छः सांसद थापा

केन्द्रबिन्दु संवाददाता ८ असार २०८० 

सांसद सुर्य थापाले शपथ सम्बन्धि व्यवस्थाको उलंघन गरेको भन्दै मन्त्रीहरु बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभामा बजेटमाथिको छलफलका क्रममा सांसद थापाले पर्यटन, खेदकुद तथा सामान्य प्रशासनमन्त्रीले शपथ सम्बन्धि ऐनको उलंघन गरेको आरोप लगाएका हुन् ।

‘पर्यटन मन्त्रीजीले, युवा तथा खेलकुद मन्त्रीजीले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीजीले, गर्नु भएको विनियोजनमा यो शफत सम्बन्धि ऐनको ठाडो उलंघन भएको छ । यसको जवाफदेहीता उहाँहरुले कसरी बहन गर्नुपर्छ ? उनले भने, ‘मन्त्रीजूहरुमार्फत प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहान्छु । शपथ सम्बन्धि ऐनको ठाडो उलंघन गरेर पक्षपात गर्ने खराब भावना लिएर बजेट विनियोजन गर्ने मन्त्रीहरुलाई तत्काल बर्खास्त गरेर नयाँ व्यवस्था गर्नुपर्छ म यो कुरा यहाँ राख्नु चाहान्छु ।’

त्यस्तै मन्त्रीहरुले बजेट आफ्नो क्षेत्रमा मात्रै खन्याएको भन्दै सांसद थापाले आपत्ति जनाए । केन्द्रबिन्दु संवाददाता