रौतहट, जेठ ५ । रौतहटको कटहरिया नगरपालिकामा आज शुक्रबार बिधालय भवनको शिलान्यास भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित बलिरामपुरमा रहेको बलिरामपुर माध्यमिक विद्यालयको दुई कोठे भवन निर्माणको लागी शिलान्यास भएको हो । कटहरिया नगरपालिकाको नगरप्रमुख अजय प्रकाश जयसवाल र वडा अध्यक्ष सर्फलाल गुप्ताले आज एक कार्यक्रमकाबीच संयुक्त रुपमा विधालय भवनको शिलान्यास गरेका हुन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो बिधालयमा २ कोठे भवन निर्माण हुँन लागेकोे बिधालयका प्रधानाध्यापक देबेन्द्रकुमार जयसवालले जनाएका छन् । सो भवन निर्माणको लागि २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण हुँन लागेको बिधालयका प्रधानाध्यापक जयसवालले बताए ।
शिलान्यास पछि छिट्टै भवन निर्माणको काम अगाडी बढाइने प्रधानाध्यापक जयसवालले बताए । मेयर जयसवालले निर्वाचित भए देखिनै आफ्नो नगर भरि रहेको विद्यालयहरुमा पठन पाठनको ब्यवस्थापन गर्दै आईरह्नु भएको छ भने शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर काम गर्दै आइरह्नु भएको छ ।
शिलान्यास कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष शशि कपुर कुशवाहा , विशिष्ट अतिथी वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, वडा नम्बर ४ का वडा सदस्य मेराजुल हक, जदुन्न दास तथा रामपुकार कुशवाह लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
More Stories
प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘बारा जिल्लामा भन्सार नाका किन छैन ?’
प्रधानमन्त्रीसंग प्रभु साहको प्रश्न, ‘वैदेशिक रोजगारमा ठगिएका युवाहरुले आफ़नो पैसा फिर्ता कहिले पाउँने ?’
प्रभु साहको प्रश्न, ‘साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा वीरगंजबासी बाचिरहदा सरकार किन मौन ?’