July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटका डोम समुदायका वालवालिका पनि विधालय जान थाले

जेष्ठ ०४ गते
राैतहट ।डोम समुदाय बिकाश केन्द्र (DCDC) रौतहटले डोम जातिका वालवालिकालाई विधालय भर्ना गराउन शुरु गरेका छन । आआफ्ना वालवालिकालाई शिक्षाका लागि विधालय पठाउन लागेका हुन । मधेसमा अन्य जात जातिकाे तुलनामा डाेम निकै पछाडी रहेका छन । आर्थिक समाजिक राजनैतिक रुपमा पछाडी रहे पनि मानविय आधारभुत कुराको रुपमा रहेको शिक्षा स्वास्थ्य र सरसफाइमा पनि निकै पछाडी रहेको डोम समुदाय विकास समितिका अध्यक्ष विजय मलि डाेमले वताए । आफनो जातिय समुदायको न्युनतम आधारभुत आवश्यकता पूरा गराउन आगाडी बढेको छु यसमा सबैको सहयोगको अपेक्षा गरेकाे अध्यक्ष डाेमले बताए । परोहा नगरपालिका अन्तर्गत बसन्तपटीका डोम बस्तिमा शिक्षा सरसफाइ तथा आय आर्जन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्नुको साथै कक्षा (१-५) सम्म अध्यनरत 7 जना डोम बालबालिकाहरुलाइ प्रोत्साहित गरि र बिधालय बाहिर बाल बालिकाहरुलाइ बिधालय भर्ना गर्नुको लागि केही शैक्षिक सामग्रीहरु बितरन गरेकाे वताए । डोम समुदाय लाई सहयोग गर्नुको लागि स्थानिय सरकार, प्रदेश सरकार, केन्द्र सरकार तथा समाजसेबी र कर्मचारीहरुलाई समेत उनले अनुरोध गरेका छन।