July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गाउँमा उज्ज्यालो र आकर्षण बढाउन वडा अध्यक्ष शाहले गराए टावर लाइट cd

रौतहट,जेठ ०९ गते
रौतहटको कटहरिया नगरपालिकामा अहिले धमाधम टावर लाइट जडान भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर ८ पिप्रा पोखरिया स्थित वडा कार्यालय नजिकै रहेको श्री राम चौकमा टावर लाइट जडान भएको छ । आफनो वडाभरी उज्जयालो बनाउने अभियान अन्तर्गत नै टावर लाइट जडान गरिएको वडा अध्यक्ष समिश बिक्रम शाहले जानकारी गराउनु भएको हो ।

टावर लाइट जडान भएपछी उज्ज्यालो भएको र गाउँको आकर्षण समेत बढेको छ । उज्जयालो भएको कारण अपराधिक क्रियाकलापमा कमि आउने स्थानीयहरुको भनाइ रहेको छ ।
अँध्यारोमा अपराधिक कार्य र गतिवीधी हुने सम्भावना रहेकोले चोरी , लुटपाट जस्ता कार्यमा न्यूनीकरण ल्याउने लक्ष्यको साथ बती लगाइएको वडा अध्यक्ष शाहको भनाइ रहेको छ ।
सो गाउँको एक मात्र चौकको रुपमा विस्तार हुँदै गएको र त्यहाँ टावर लाइटको आवश्यकता देखिएकोले हाल एउटा बक्ती लगाइएको वडा अध्यक्ष शाहले बताए ।
टावर लाइट जडानले शान्तिसुरक्षा, सामाजिक सुरक्षालाई चुस्तदुरुस्त राख्न र सौन्दर्य अभिवृद्धि गर्ने उदेश्य रहेको छ । नगरस्तरीय योजना बाट टावर बती जडान गर्न लागिएको हो । टावर लाइट अग्लो र धेरै क्षेत्र समेटने गर्दछ । जसमा अण्डर ग्राउण्ड विद्युत लाईन प्रयोग गरिएको हुन्छ । टावर लाइट जडान भएपछि सो वडाको मुख्य चौक को रुपमा मानिने ठाउँमा उज्जयालो भएको छ । टावर बक्ती जडान भएपछि स्थानियहरुले वडा अध्यक्ष शाहलाइ धन्यवाद पनि ज्ञापन गरेका छन् ।