July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

खाेज र खाेप कार्यक्रमले तिब्रता पाए अषाढ भित्र राैतहट पुर्ण खाेप जिल्ला घाेषणा हुदै

रौतहट जेष्ठ ०४ गते
प्रेमचन्द्र झा
राैतहट । जिल्लामा खाेज र खाेप कार्यक्रमले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म राैतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घाेषणा गराउने उदेश्यका साथ खाेजाै र खाैपाै कार्यक्रम चलिरहेको हाे । नेपाल सरकारकाे पहिलो प्राथमिकतामा रहेका खाेप कार्यक्रम संचालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयकाे व्यवस्थापनमा प्रत्येक वडाकाे ४ देखि ५ स्थानमा गाउँ घर खाेप क्लिनिक सञ्चालन भई रहेका छन । सो खोप केन्द्रमा वेलैमा खोप नलिई छुटेका वालवालिकाका लागि खाेज र खाेप दिन कार्यक्रम संचालनमा रहेका छन । खाेप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समुहका वालवालिकाहरुलाई खोप दिदैछ । वालवालिकाहरुले पाउनु पर्ने सबै खोप केन्द्र मार्फत दिई रहेको जिल्ला स्वास्थ्य कार्यालय राैतहटका प्रमुख सुरेश प्रसाद यादवले वताए । जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा यो कार्यक्रम भएको हाे । पुर्ण खाेप सुनिश्चितता बाैधीमाई ,देवाही गोनाही ,पराेहा ,माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गाैर नगरपालिका रहेका छन ।
खाेज र खाेप अभियानमा जिल्लाका सबै वालवालिका खाेप पाएको देखाई सकेपछि मात्र राैतहट पुर्ण खाेप घोषणा हुने प्रमुख यादवले बताए ।
जन्म देखि १५ महिना भित्र सेडुल अनुसारकाे खाेप लिनु पर्ने हुन्छ ।
जिल्लाको आठ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पुर्णखाेप दिगाेपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ।
खाेज र खाेप अभियानले अषाढ सम्म राैतहटलाई खाेप सुनिश्चितताको लेवलमा पुर्याउ छन । बच्चालाई स्वस्थ्य रहने पुर्ण अधिकार हाे । बच्चा जन्मने वितिकै विसिजि दिनु पर्ने हुन्छ । ६ हप्तामा राेटा , पाेलियाे,पिसिभि,डिपिटि ,हेपबि ,हिबको खोप १० हप्तामा राेटा, पाेलियाे, पिसिभि,डिपिटि,हेप वि , हिप खोप लगाई सक्नु पर्दछ । वालवालिकालाई १४ हप्तामा पाेलियाे एफ आई पिभि, डिपिटी, हेपबि ,हिबखोप दिने हो । ९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा- रुवेला,१२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा- रुवेला , टाईफाईट रोग विरुद्वको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन । २०३४ सालमा विफर उन्मुलन भएपछि रुपन्देही ,सिन्धुपाल्चोक र धनुषा जिल्लावाट खाेप कार्यक्रम शुरु भएको थियो । हाल ७७ वटै जिल्लामा १३ राेग विरुद्व १३ खाेप चलि रहेका छन । स्वास्थ्यकर्मी र भ्याक्सीन कमि छैन । खोप लिई सकेपछि वालवालिकामा हुने समान्य अषर खोपाएको ठाउमा दुख्ने ,ज्वराे आउने हुन्छ । त्यसका कारण ड्रप आउट हुने मुख्य समस्याको रुपमा रहेको प्रमुख यादवले वताए।