July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको बाैधीमाईमा संयुक्त शैक्षिक क्षेत्रमा अनुगमन भ्रमण सम्पन्न

राम प्रबेश बैठा रौतहट जेठ ०२ गते ।
रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको छ ।

आरम्भ परियोजना द्वारा बाैधीमाई नगरपालिकाको श्री शारदा माध्यमिक विद्यालय पिपरिया, रौतहटमा बाैधीमाई नगरपालिका, पिपुल. इन. निड नेपाल, शिक्षा विकास तथा समन्वय ईकाई, सामाजिक संस्था जिल्ला समन्वय समिति र आसामान नेपालको प्रतिनिधिहरुद्धारा संयुक्त अनुगमन भ्रमण गरिएको छ ।

आरम्भ परियोजनाले बिगत ४ बर्ष देखि रौतहट जिल्लामा काम गर्दै आईरहेको खण्डमा बाैधीमाई नगरपालिकामा पनि बिगत १ बर्षदेखि काम गर्ने शिलशिलामा १२ वटा सामुदायिक सिकाई केन्द्र द्धारा बाैधीमाई नगरपालिकाको विद्यालय बाहिर रहेको २४६ जना विवाहित र अविवाहित किशोरीहरुलाई शिक्षाको मुल प्रवाहकरणमा ल्याउने उद्देश्यका साथ काम गरिरहेको छ ।
आरम्भ परियोजनाले बाैधीमाई नगरपालिकाको १६० जना विवाहित तथा अविाहित किशोरीहरु सामुदायिक सिकाई केन्द्रको कोर्ष पुरा गर्नको साथै विद्यालयमा भर्ना हुनको लागि सहजिकरण गरिएको छ । यसै क्रममा बाैधीमाई ना.पा.को विभिन्न ६ वटा सामुदायिक विद्यालमा १६० जना किशोरीहरुलाई भर्ना हुनको लागि आसामान नेपालले आरम्भ परियोजना अन्तर्गत सहजिकरण गरिएको छ भने सो मध्ये बाैधीमाई नगरपालिकाको श्री शारदा माध्यमिक विद्यालय पिपरिया र श्री प्र बि कोपवा पिपरिया रौतहटमा बिभिन्न दुइटै बिधालय गरि कक्षागत रुपमा जम्मा ८८ जना किशोरीहरुलाई भर्ना गर्नमा सहजिकरण गरिएको छ ।
आसमान नेपालको सहजिकरणमा आजको संचालित संयुक्त अनुगमन भ्रमणमा बाैधीमाई नगरपालिका नगरप्रमुख प्रदिप यादव,उपप्रमुख प्रमिला देवी, प्रमुख प्रशासकिय कमल बहादुर कार्कि ,शिक्षा शाखाको रामईश्वर राय यादव, वडा अध्यक्ष लक्ष्मीनारायण यादव वडा जन प्रतिनिधिहरु, शिक्षा विकास तथा समन्वय ईकाईको प्रमुख रामविनय सिहं, श्री शारदा माध्यमिक विद्यालय पिपरियाका शिक्षक, शिक्षिकाहरु, आसामान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समितिको कर्मचारीहरुको संयुक्त उपस्थितीमा यो अनुगमन भ्रमण संचालन भएको छ ।
साथ साथै आरम्भ परियोजनाले बाैधीमाई ना.पा.को विद्यालय बिचैमा छोडेका एवंम कहिले पनि विद्यालय नगएका विवाहित तथा अविवाहित किशोरीहरु, किशोरीका अभिभावकहरु, समाजका अगुवा व्यक्तिहरु तथा विभिन्न धर्मका धार्मिक गुरुहरुसंग काम गरेको कुराहरु साह्रायिन रहेको अनुगमन समुहका भनाई रहेको थियो भने सामुदायिक सिकाई केन्द्रको कोर्ष पुरा गरी विद्यालयमा भर्ना भएको किशोरीहरुमा साक्षरता र गणितीय सीप तथा जीवन उपयोगी सीप राम्रो रहको कुरा सहभागीहरूले व्यक्त गरेका थिए ।
यसैगरी सामुदायिक सिकाई केन्द्रबाट आएको किशोरीहरु भविष्यमा पढाईलाई निरन्तरता लाने कुराको दृढता व्यक्त गरेको थियो भने विभिन्न सरोकारवालाहरु ना.पा., बि.व्य.स., विद्यालय, आसामान नेपाल, एस.ओ.डि.सि.सि. र पिपुल इन निड नेपालको जनप्रतिनिधिहरुले भविष्यमा विद्यालयमा सामावेशि सिकाई वातावरण निमार्ण गर्नको प्रतिवद्धता समेत जाहेर गरिएको आसमान नेपालका शिक्षा अधिकृत अरविन्द कुमार साहले जानकारी दिनु भएको थियो ।