July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटमा सुचनाका लागि सुरु रिले अनसन एक महिना छ दिन देखि जारी

 

बैशाख १२ गते रौतहट
प्रेमचन्द्र झा
राैतहट ।संवाद ,सहअस्तित्व र साैहादर्ताको अभावमा सुचनाका लागि राैतहटको वृन्दावन नगरपालिका आगाडी सुरु भएको २४ घण्टे रिले अनसन बसेकाे एक महिना छ दिन पुगेकाे छ । अनसनकारीले माग गरे बमोजिमको १४ बुन्दे सुचना उपलब्ध गराउन कार्यालयको तर्फबाट कुनै पहल नभएकोमा अनसनकारीले दु:ख व्यक्त गरेका छन । जनप्रतिनिधि तथा जनताहरुले मागेको सुचना दिन आलटाल गर्नुको साथै कार्यपालिका बैठकमा पनि नगर प्रमुख विनोद राउत कुर्मीले सन्तोष जनक जवाफ नदिएपछि रिले अनसन बसेकाे वडा नम्बर ४ का वडा अध्यक्ष श्याम प्रसाद यादवले बताए । वृन्दावन नगरपालिका कार्यालय आगाडी अनसन बसिरहेका जनप्रतिनिधिसंग आफुले भेटेर काम गर्ने बताबरण बनाई दिन अनुराेध गरेकाे प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद पाण्डेयले बताए । नगर प्रमुख पटेल तथा अनसनकारी बिच मिलने अवस्था नदेखेपछि प्रमुख प्रशासकीय अधिकृत पाण्डेय दुबै पक्षलाई जनताको काममा सहजता प्रदान गर्न आग्रह गरेका छन ।यश अघिका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल उपर कराेडाै भ्रष्टाचार गरेकाे तथा अनसनकारी लगायतका सरोकारवालासंग समन्वय नगरेको आरोप लागेपछि मन्त्रालयले अन्यत्र सरुवा गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत पाण्डेय वृन्दावन आउने पक्का पक्की भएपछि अनसनकारी सुचना पाउछु भन्ने ढुक्क भएका थिए । पाण्डेय हाजिर भएकै दिन अनसनकारीलाई भेटी सबै सुचना दिन्छु भनि प्रतिबद्धता समेत गरे । तर हिजो देखि प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले समेत कुरा फेर्नु भएकोमा दुख लागेकाे नेकपा एमालेका नेता तथा नगर प्रमुख पदका उमेदवार प्रेमशंकर यादवले आरोप लगाएका छन ।दुखका साथ भन्नु परी रहेकोछ राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र आगाडी प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भनेको कुरा पनि फेर्नु भएको उनले बताए । नगरपालिकाका पुर्व नगर प्रमुख रामसिनेही यादवले नगरप्रमुख कुर्मीमा नैतिकता नरहेको , आफुले जे बोल्दैछु त्यही सही हो आफुलाई राजा ठान्नेले थाेरै समयमा धेरै करिब १० करोड भ्रष्टाचार गरेको आरोप लगाएका छन । नगरप्रमुख कुर्मिले एकसेएक भ्रष्टाचार गरेका व्यक्तिहरु आफुलाई चोखो बताउन रिले अनसन बसेकाे आरोप लगाए ।पांच वर्ष नगरप्रमुख बस्दा १० औ पटक आफुले सुचना माग्दा उनिहरुले नदिएको बताए । विकास गतिविधि प्राय ठप्प भएको कुनैपनि योजना कार्यको आदेश तथा समझाैता गर्न नपाएको बताए । सुचना अधिकारी मार्फत सुचना लिएर पनि रिले अनसन जारी राखेकाेमा दुख व्यक्त गर्दै नगर प्रमुख कुर्मीले विकास निर्माण तथा नदि जन्य वस्तुकाे राजश्व संकलन हुने समयमा रिले अनसन गरेर विपक्षिले दुख दिने मनसाय मात्र रहेको बताए । चैत्र ७ गते देखि वृन्दावन नगरपालिका वडा नम्बर २,३,४ र ५ का गरि ४ जना वडा अध्यक्ष र नगर प्रमुख पदका तीन जना उमेदवार रिले अनसन बसि रहेका छन ।