बैशाख ०४ गते
प्रेमचन्द्र झा
राैतहट।बाल विवाहको अवस्था भयावह रहृकाे एक अध्ययनले देखाएका छन । वल विवाह मुक्त दुर्गा भगवती गाउपालिका भने मुलनाराका साथ एक बर्ष आठ महिना समय खर्चेर गरिएको सो अध्ययन गरिएको हाे। अध्ययनकाे तथ्याक अनुसार गरिबी र अशिक्षाले बाल विवाह हुदैन । मधेसमा ईज्जत जोगाउने डरले पनि बाल विवाह हुने गरेका छन ।
दुर्गा भगवती गाउँ पालिकामा कार्यरत गैर सरकारी संघ संस्थाको समन्वय बैठक तथा वालविवाहको तथ्यांक प्रकाशन सार्वजनिक गर्न आयोजित वैठक गाउँ पालिका अध्यक्ष शम्भु सिहकाे अध्यक्षतामा भएको थियाे । साे बैठकमा गाउपालिकाको तर्फबाट उर्वशी साहले तथ्यांक सार्वजनिक गर्दै उमेर नपुगि गरिने विवाहमा सामाजिक परिवर्तन मार्फत मोडेलको रुमामा व्यवहार परिवर्तन गर्ने उदेश्यका साथ काम भई रहेको बताए ।उमेर पुगेपछि विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने ,वालवालिका विचअन्तरक्रिया गर्नेछ , सेवा निवृत कर्मचारि समूह वनाउने,११-१२काे शिक्षा निशुल्क ,आफनो बाल विवाह आफै राेकने बालक तथा वालिकालाई सम्मान गर्ने जस्ता प्रभावकारी कार्य भई रहेको बताए।
वालविवाहको तथ्यांक संकलनले मुख्य कारणको रुपमा
ईज्जतको डर , धनि -गरिव, शिक्षित-अशिक्षित सवै जात जातिमामा बाल विबाह भएको अध्ययनकाे तथ्यांकले देखाएका छन । मुख्यकमजाेरीकाे रुपमा वालविवाहको सवालमा कार्यरत गैरसरकारी संध संस्थाको बिचमा एकजुटता नरहेको , अभिभावकले छोरीको पढाइमा चासो लिदैन नलिनु। दुर्गा भगवती गाउँ पालिकाकाे १ देखि ५ वडा सम्मका ३ हजार ९सय ५२ घरधुरीमा गरिएको अध्ययन गापा कुल जनसंख्या
२४ हजार २ सय ५१ व्यक्तिलाई समेल गरि गरिएको हो ।दुर्गा भगवति गाउ पालिका सो अवधिमा भित्र भएको कुल विवाहमा ४३ प्रतिशतमा बाल विवाह भएको थियाे ।अभियान थालनीले क्रमश: सुधार भई रहेको वडा नम्बर ३का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले वताए । साे गाउँ पालिकामा वालविवाह विरुद्ध प्रभावकारी कार्यक्रम तर्जुमा,छोरीलाई शिक्षा दिएर आत्म सम्मान बढाई समुदायलाई कसरी परिचालन गर्न सकिन्छ यसलाई सराेकारबालाले चुनाैतीका रुपमा लिएका छन ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।