बैशाख १७ गते
प्रेमचन्द्र झा
राैतहट । गुजरा नगरपालिकामा दलित भुमिहिन सुकुम्बासीको ग्लोवल पोजिसनिङ्ग सिस्टम (जिपिएस)बाट नक्सांकन शुरु भएकोछ । राष्ट्रिय भुमि आयोगबाट आएको सर्बेयर मार्फत नक्सांकन शुरु गरिएको नगरप्रमुख सन्तलाल चाैधरीले बताए । दलित- भुमिहिन र सुकुम्बासीले दिएको निवेदनको आधारमा व्यवस्थित बसोबासका लागि नक्सांकन शुरु गरिको हो ।नगरपालिकामा एक हजार आठ सयको हाराहारीमा दलित -भुमिहिन र सुकुम्बासी रहेको नगरप्रमुख चाैधरीले बताए । नक्सांकनको गुजरा नपा १ बाट एक कार्यकर्म विच शुभारम्भ गरिएकोछ । सो अवसरमा जिल्ला भुमि आयोगका अध्यक्ष टीका आचार्य, जिल्ला सदस्य लक्ष्मी बराल तथा स्थानिय जनप्रतिनिधि सहित स्तयानियको उपस्थित रहेको थियो।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय