July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटका डाेम जातिमा शिक्षा र सरसफाईका लागि डाेम समुदाय कै अगुवा जनचेतना जगाउन सकृय

चैत्र २ गते रौतहट

प्रेमचन्द्र झा
राैतहटकाे परोहा नगरपालिकाको बसन्तपट्टीमा डाेम जातिमा शिक्षा र सरसफाईका लागि सचेत गराउने उदेश्यले विहिबार अन्तरकृया गरिएका छन । श्री डोम समुदाय बिकास केन्द्र ( Dcdc) राैतहटको Nepal नामक संस्थाको आयोजनामा साे अन्तरकृया भएको संस्थाका अध्यक्ष बिजय मल्ली डाेमले बताए । पराेहा नगरपालिका वडा नम्बर ६ बसन्तपट्टिका वडा अध्यक्ष विलास वैठाले रौतहटका डोम बस्ती टोलमा परा पुर्वकाल देखि पछाडी पारिएको बताए । डोम समुदायहरुलाइ शिक्षा तथा सरसफाइ सम्बन्धि जनचेतना मुलक अभियान जिल्लामा अझै तिब्रता दिन जरुरी रहेकोमा स्थानीय तहलाई हातेमालाेका वहाँले अनुराेध गरेका छन । कार्यक्रममा आयोजक संस्था डोम समुदाय विकास कार्यक्रमका कोषाध्यक्ष बिरेन्द्र मली डोमले हामी समुदायको उत्थानका लागि अगाडि आएको छु सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा रहेकाे वताए । साे कार्यक्रममा स्थानीय महिलापुरुष गरि जम्मा ३५ जनाले भाग लिएका थिए । सहभागीले आ आफ्ना बाल बालिका लाई नियमित विधालय पठाउने तथा व्यक्तिगत सरसफाई गर्नुको साथै घर आंगन र टोल सफा राख्ने प्रतिवद्वता समेत गरेका छन । यसका सफलताका लागि आर्थिक तथा कलम, कापी र पोशाक सहयोग गर्न दातृ निकायलाई अनुराेध समेत गरेका छन । जिल्लाका सबै पालिकामा कार्यक्रम सञ्चालन गर्ने जनकारी दिदै गढिमाईको हथिऔल र माधव नारायण नगरपालिकाको खेसरहियामा केही दिन अगाडि नै सम्पन्न गरेको कोषाध्यक्ष डोमले बताए । शिक्षा तथा सर सफाईको साथ साथै विधालय नजाने २० बर्ष भन्दा वढि उमेर भएका महिला पुरुषका लागि शिपमुलक तालिम समेत आयोजना गर्न लागेको उनले बताएका छन ।