July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राजपुरमा २० वर्ष पारि छोरीको बिहे गर्ने अभिभावकलाइ पुरस्कार तथा सम्मान

गरुडा,फागुन २९ गते
रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुख डा.मो.राजीक आलमले जिल्लामै नमुना कार्यको शुरुवात गरेका छन् । आज उनले एक कार्यक्रमका बिच नगरभरिका त्यस्ता अभिभावकहरुलाइ सम्मान गरेका हुन् । ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा कार्यक्रम आयोजन गरिएको थियो ।
नगर प्रमुख आलमको अध्यक्षतामा सोमबार राजपुर नगरपालिकाको आर्थिक सहयोग र अरसिएफएमको प्राविधिक सहयोगमा पुरस्कार वितरण तथा सम्मान गरिएको छ । कार्यक्रममा नगर अन्तर्गत २०७९ श्रावण १ गते देखि हालसम्म २० बर्ष पूरा भइ छोरीको बिवाह गरेका अभिभावकहरुलाई सम्मान गरिएको हो ।
सन्जु बैठाले सञ्चालन गरेको कार्यक्रममा नगर प्रमुख डा.आलमले दोल्ला ओढाएर पाँच हजार नगद सम्मान गर्नु भएको हो । कार्याक्रममा ३६ जना अभिभावकहरु लाइ सम्मान गरिएको हो । बाल विवाह न्यूनीकरण गर्ने उदेश्यले यस्तो कार्यको थालनी गरिएको मेयर डा. आलमले बताएका छन् ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख डा.आलमले नगभरीकोछोरीहरुको भविष्य सुनिश्चत गर्न यस्तो कार्यक्रम आयोजन गरेका बताए । मेयर डा.आलले सामाजिक प्रोत्साहन स्वरुप यो कार्यक्रम प्रत्येक वर्ष गर्ने उद्धघोष गरेका थिए ।
साथै नगर प्रमुख उप जमिला असगरीले बेटी पढाउ बेटी बचाउ अन्तर्गत यस्ता कार्यक्रमले हाम्रो समाजमा छोरी प्रति धारण बदल्न मदत पुग्ने विश्वास व्यक्त गरिन् । राजपुर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले नगरभरीका २० वर्ष मुनिका पढन चाह्ने इच्छुक छोरीहरुको लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था गरिने बताउनु भयो ।
सो अवसरमा आरसिएफएमका रामअसिश चौधरी,निरज दाहाल,उर्वशी शाह,रविना चौधरी,नगर भरिको सबै वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, स्वास्थ्यकर्मी, शिक्षक, शिक्षिका,नगरपालिकाका कर्मचारीहरु,राजनैतिक दलका प्रतिनिधीहरु, जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।