चैत्र ०३ गते रौतहट
प्रेमचन्द्र झा
राैतहट । सिरहाका एक स्थानिय तहका प्रमुखलाई सरकारले कार्यवाही होस भनि माग राख्देे दलित अगुवाहरूले राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लाई ज्ञापन पत्र बुझाएका छन । दलितलाई पहिचानको आधारमा विभेद गरेकोमा सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष जय नारायण यादवलाई कार्यवाही गर्न ज्ञापन पत्र
मार्फत माग गरिएको हो ।
अध्यक्ष यादवले आफ्नो आमाको १३ औ पुन्य तिथिको अवसरमा फाल्गुन २२ गते गरेकाे भाेजमा सबै जातलाई अलग अलग छुवाछूत काे आधारमा भोज खुवाएकोमा सम्बन्धित निकाय संग कार्वाही गर्न माग गरेका छन ।
गाउंपालिका अध्यक्ष जस्तो सार्वजनिक पद धारण गरेकाे व्यक्तिले गरेकाे विभेदले दलित समुदायले ठुलाे अपमान गरेकाे ठहर गर्दै सो पुन्य तिथिमा भोजखाने सबैलाई सार्वजनिक रुपमा माफि माग्न दलित अगुवाले माग समेत गरेका छन । दलित अधिकारकर्मि मटुक पासवान , दलित संघका सचिव धर्मेन्द्र पासवान ,उदयनारायण राम ,चन्देश्वर राउत ,अवध नारायण राम ,रामपुकार दास सरेश दास सहितका दलित अगुवा साे ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय राैतहट पुगेका थिए ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान