फाल्गुन २६ गते
प्रेमचन्द्र झा
गाैर ।राैतहटको राजदेवी नगरपालिका वडा नम्बर १ पथरा टोलमा स्थानियको कुटाईबाट एक दलित युवाको मृत्युु भएको छ । सो टोल बस्ने भैरो दासले जिल्ला प्रहरी कार्यालय राैतहटमा दिएको जाहेरी अनुसार गत २४ गते वेलुका अन्दाजी ७ बजेकाे समयमा २५ वर्ष काे गजेन्द्र दासलाई स्थानिय गणेश यादव सहितका व्यक्तिहरुले कुटपिट गरेका थिए । साे दिन स्थानीय स्तरमै उपचार गरिएकोमा २५ गते दिउंसो मृत्युु हुन गएको हो । मृतककाे पाेष्टमार्टम तथा घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी नायव उपरीक्षक उमा शंकर यादवले बताए ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र