July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

“खुब पढु,पढते पढते निन्द लागे त यी मोट किताब सिरमा धके सुत जाउं -: व्क्ताहरु

फाल्गुन २६ गते
प्रेमचन्द्र झा रौतहट
राैतहट । खुब पढु,पढते पढते निन्द लागे त ई मोट किताब सिरमा धके सुत जाउं ” एक कार्यक्रमका सहभागिहरुले बोलेका छन ।ईसनाथ नगरपालिकाले सञ्चालन गरेको लोक सेवा आयोग तयारी कक्षामा शुक्रबार किताब बांडन पुगेका जनप्रतिनिधिहरुले मोटो किताब हेरेपछि माथिको कुरा बोलेका हुन । सो कार्यक्रममा ईशनाथ नगर प्रमुख काैशल्या देवी सिन्हाले लगानीको प्रतिफल आउने गरि मिहिनेत साथ पढ दिन सहभागिलाई आग्रह गर्नु भयो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकुत भुदेव झाले लोकसेवलाई लक सेवा , लेवर सेवा अर्थात भाग्य र मिहिनेतकाे फलकाे रुपमा पनि लिने गरेकाे बताए । पटक पटकको प्रयासमा अनेकौं सफलताका कथा सुनाउदै पढने प्रतिप्रधि सफल हुने उनले दाबि गरे । खरिदार स्तरकाे तयारीका लागि ५० दिने कक्षा १० दिन आगाडी देखि शुरु गरिएको हो ।लोकसेवा तयारी कक्षामा करिब एक सय पांच जना सहभागी रहेका छन । सो कार्यक्रममा नगर प्रमुख सिन्हा बिच ७६ जनालाई लोकसेवा आयोग कक्षा तयारीमा उपयोगि पुस्तक हस्तान्तरण गरेका छन । सो अवसरमा नगर उपप्रमुख प्रवेज आलम , वडा नम्बर ६ का अध्यक्ष जवाहरलाल साह दत्तचित्त भएर तयारी कक्षामा भाग लिई लोकसेवामा सफल हुदा नगरपालिकाको नाम हुने भएकोले तयारीमा जुटन आग्रह गरेका छन । सो तयारी कक्षामा महिला र पुरुष सहभागी समान संख्यामा रहेका छन ।