फाल्गुन २६ गते
प्रेमचन्द्र झा
गाैर । राैतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ बन्जरहामा श्री श्री श्री १००८ पांच कुण्डिय विष्णु महायज्ञ को तयारी पूरा भएकोछ । सो वडाका अध्यक्ष विगु साह “व्यास जी” ले दिनु भएको जानकारी अनुसार साे यज्ञकाे एक समारोह बिच नगर प्रमुख काैशल्या देवी सिन्हाद्वारा यहिफाल्गुन २९ गते सोमबार उदघाटन हुने कार्यक्रम रहेका छन । नाै दिन सम्म सञ्चालन हुने महायज्ञमा आउने दर्शक तथा भक्त जनकाे मनोरञ्जनका हरेक दिन दिउँसो पण्डित विधाशरण उपाध्यायबाट प्रबचन तथा संध्याकालमा महा आरति पछि रामलिला तथा रासलिला को व्यवस्था गरिएको वडा अध्यक्ष साहले बताउनु भयाे । भारत वनारसका विद्वान पंडित अरविन्द पान्डये मुख्य पुरोहितका रुपमा रहनु हुनेछ । सो यज्ञका मुख्य यजमानको रुपमा रहनु भएका समाजसेवी झगरु साह ,चुल्हाई सहनी ,खजान्ती प्रसाद , सुरेश प्रसाद साह र रामएकवाल साहले ध्वजा राेपनको दिन देखि विधिपुर्वक नित्य पुजा संध्या आरती गर्दै आई रहेका छन ।नाै दन सम्म चल्ने सो महायज्ञमा नेपाल र भारतका गरि लाखाै दर्शक तथा दर्शनार्थी आउने आयोजकले अनुमान गरेका छन ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।