,फागुन १६ गते
रौतहट जिल्लाको गरुडा नगरपालिकामा रहेको नेपाल पुलिस स्कूल गरुडाको शैक्षिक मेला तथा विज्ञान प्रर्दशनी २०७९ सम्पन्न भएको छ । सो स्कूलको प्रांगणमा आज मेला आयोजन गरिएको थियो । शैक्षिक मेलाको उद्धघाटन गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले गर्नु भयो । कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र,रौतहटका नि. प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक उमाशंकर यादवले शैक्षिक मेलाको अवलोकन गर्नु भएको स्कूलका समादेशक प्रहरी निरिक्षक लोकेन्द्र जिसिले जानकारी गराउनु भयो । सिकाइ निरन्तर अभियान अन्तर्गत शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि विद्यार्थीहरूलाई भौतिक ज्ञान बढाउने र अभिभावक विद्यार्थीहरूमा आआफ्नो जिम्मेवारीको बोध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको स्कूलका प्रिन्सिपल बिणा झाले जानकारी दिनु भयो । बिधार्थीहरु लाइ समूहमा काम गर्ने,व्यवहारिक ज्ञान,लगायत जिवनलाइ आवश्यक सिपहरु बिधालयका यस्ते कार्यक्रमहरु बाट नै सिक्ने मौका पाउने उनले बताएन् । मेलामा विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी,विभिन्न सिर्जनात्मक क्षमताको प्रर्दशनी,विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु प्रर्दशनी गरिएको थियो । सो अवसरमा गरुडा नपाकी उपप्रमुख पुनम कुमारी चौधरी अभिभावक,बिधार्थी, शिक्षाप्रेमी, राजनीतिज्ञ लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय