फागुन १६ गते
रौतहटको कटहरिया नगरपालिकाले आज नगर सभाको सातौं अधिवेशन जबर्जस्ती सम्पन्न गरेको छ । सो कार्यक्रमको नगरपालिका बाहिर १० बुन्दे लोक प्रिय सेवाको माग सहित प्रदर्शन गरिरहेका थियो तर नगर प्रमुखले कुनै किसिमको वास्ता नगरेको र सभाहलमा भएको अधिवेशनको अध्यक्षता नगर प्रमुख अजय प्रकाश जयसवालले गर्नु भएको थियो ।
हिउँदे अधिवेशनमा कटहरिया नगरपालिकाले चालू आर्थिक वर्ष २०७९÷८० का लागि विजियोजित बजेट र नीति तथा कार्यक्रमको प्रगति तथा छलफल, संशोधन, कार्यक्रमको समीक्षासँगै ऐन र कार्यविधि पारित लगायतका काम बारे छलफल गरिएको नगरप्रमुख जयसवालले बताउनु भयो ।
चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको समीक्षा गर्दै खर्च हेरफेर गरेर हिउँदे अधिवेशन सम्पन्न गरेको उनले बताउनु भयो । विकासको अवस्था, बजेटको खर्च विवरण, राजस्व सङ्कलन, कार्यक्रमको उपलब्धि, गुनासा र समस्याका बारेमा छलफल गरिएको कटहरिया नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले जानकारी दिनु भयो ।
सो अवसरमा कटहरिया वडा नम्बर ७ का वडा अध्यक्ष सहिद मिया,वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम शाह,वडा नम्बर ९ का वडा अध्यक्ष रुपेश यादव, कार्यपालिका सदस्यहरु, वार्ड सदस्यहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यता उपमेयर रिता देवी यादव सहित केही वडा अध्यक्षहरुले सातौं अधिवेशन बहिष्कार गरेका छन् । बजेट संशोधन नगरेको,कार्यपालिका बैठक समय नबसाएको,कार्यपालिका बैठक बस्नलाइ पटक पटक भन्दा पनि सुनवाइ नगरेको,करारका कर्मचारीहरु विवरण सार्वजनिक नगरेको भन्दै उनीहरुले बहिष्कार गरेका छन् । नगर सभाको सातौं अधिवेशन बहिष्कार गर्नेहरुमा वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो कोइरी,वडा नम्बर २ का वडा अध्यक्ष हरेन्द्र साह,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरी सहितका व्यक्तीहरु
कटहरियानगरपालिकामा भैइरहेको भ्रष्टाचार बेतिथी बिरुद्ध आम जनता नगरपालिका धेराउ गरेका थियो कटहरिया नगरपालिकाको पहिलोको सेवा सुविधा स्वास्थ,शिक्षा,खानेपानी,बिधुत,समाजिक सुरक्षा भता जस्तो आम जन्ताको जीवन संग सरोकार राख्ने बिषय लाई कुनै वास्ता नगरी आफ्नो मनोपली ढगले नगरपालिका लाई लुटखसोट गर्दै आएको अवस्था लाई कसरी सुदृढ समाजिकरण पारदर्शी गर्ने बिषय लिएर कटहरिया नगरवासीले नगरपालिका घेराउ गरि खवरदारी गरेका छ्न र बिगतका दिनमा दिदै आएको सुबिधा जन्ताले पुण सुचारु पाएण भने थप आन्दोलन गर्ने चेतावनी दिएका छ्न साथै आजको नगरसभा लाई उपप्रमुख ज्यु लगाएत वडा अध्यक्षहरुले बहिस्कार गरेका छ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।