July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

डिभिजन वन कार्यालय रौतहटले गर्यो संचारकर्मीहरु सँग समन्वय बैठक

राम प्रबेश बैठा फागुन ११ गते
रौतहटमा संचारकर्मीहरु सँग समन्वय बैठक सम्पन्न भएको छ । डिभिजन वन कार्यालय रौतहटले संचारकर्मीहरु सँग आज समन्वय बैठक गरेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका स्थित रहेको डिभिजन वन कार्यालय रौतहटको सभाहलमा एक दिने बैठक सम्पन्न भएको छ । जिल्ला वन पैदावार आपूर्ति समिति अन्तरक्रिया तथा छलफलका सञ्चारकर्मीहरु लाइ बोलाइएको थियो ।
बैठकमा डिभिजनल वन अधिकृत सुनिल कुमार कर्णले जिल्लाको परिचय,उदेश्य,जिल्ला वन पैदावार आपूर्ति समिति गठन,काठ,दाउराको स्रोत,काठ दाउराको आपूर्ति,काठ,दाउरा माग गर्दा पेश गर्नु पर्ने,काठ,दाउराको दररेट,बिक्री वितरण प्रक्रिया र सुधार गरिने विषयमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।
डिभिजन वन कार्यालय रौतहटले छिट्टै काठ आपुर्ति गर्न लागेको हो । एक हप्ता भित्रै काठ आपुर्ति खोलिने डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकारी रामप्रसाद साहले जानकारी गराउनु भयो । कार्यालयले आपूर्तिको काठलाई सहज रुपमा नागरिकलाई वितरण लागेको हो ।
डिभिजनल वन अधिकृत कर्ण आएपछि हाल काठ तस्कर हुने तथ्याङ्कमा पनि ओरालो लागेको छ । यस अघि वन कार्यालयमा नागरिकले काठको लागि दिएको निवेदन दर्ता गराएकाहरुलाइ पहिले आपुर्ति गरिने भएकोे छ । नयाँ आवेदनहरु पनि लिइने अधिकृत कर्ण जानकारी दिए । काठ मागको कार्यालयमा निवेदन धेरै आएपनि आवश्यकतालाई मध्यनजर गरेर आपुर्ति गरिने कर्णको भनाई छ ।

डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा मात्रै डेढ लाख क्यू फिट काठ स्थानीयहरुलाई दिने लक्ष्य राखेको छ । चोरी निकासीलाई न्यूनिकरण गर्न आपुर्तिमा वृद्धि गरेको अधिकृत कर्णको भनाई छ । डिभिजन वन कार्यालय रौतहटले सामुदायिक वन मार्फत प्राप्त काठहरु लाइ काठ आपुर्ति समिति मार्फत आपुर्ति गर्ने छ ।
धार्मीक,सांस्कृतिक तथा पुरातात्विक सम्पदाको निर्माणको लागि,दैवीप्रकोप विपदमा परेको परिवारको लागि,शीतलहर,धार्मीक कार्य,शवदाह संस्कार,जनसहभागितामामा गरिने साना लागतका विकास निर्माण कार्य,घरकाजको रुपमा नयाँ घर निर्माण कार्य,कृषि औजार,वन पैदावारमा आधारित उधोगलाइ वन कार्यालयले काठ आपूर्ति गर्दै आएको छ ।