गरूडा,फागुन ११ गते
संघीय सरकारका नवनियुक्त माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह लाई बिहीबार मध्य रौतहटको गरूडामा भव्य स्वागत गरिएको छ । मन्त्री साहलाई विरेन्द्र राजमार्ग स्थित गरूडमा रहेको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यालय गरूडामा भव्य स्वागत गरिएको हो । मन्त्री साहलाई स्वागत गर्न परियोजनाका कार्यालय प्रमुख दिपक कुमार मिश्रको नेतृत्वमा मूल गेटमा ताँतीमा बसेका थिए ।
स्वागत पछि परियोजना कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख मिश्रले गत आर्थिक वर्ष २०७८र०७९ र चालू आ।व।२०७९र८० को कामको बारेमा मन्त्री साहलाई ब्रिफिङ्ग गर्नु भएको थियो । साथै बनाना रिसोर्ट बाट ल्याएर बनाइएको परिकारहरूको डिस्प्ले युनिट पनि राखिएको थियो । साथै मन्त्री साहलाई परियोजना कार्यालयको तर्फबाट सम्मान पनि गरिएको थियो ।
कार्यक्रमलाई समबोधन गर्दै मन्त्री साहले परियोजनाले गरेका कामहरू लाई प्रशंसा गर्नु भएको थियो । साथै वहाँले रौतहटमा छिट्टै अर्गानिक मलको फैकट्री सञ्चालन गरिने पनि जानकारी गराउनु भएको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय