राम प्रबेश बैठा
रौतहट २९ गते माघ
रौतहट जिल्लाको क्षेत्र नम्बर ४ मा पर्ने समनपुरमा सदियौंदेखी लाग्दै आएको यस वर्ष फागुन १९ गतेदेखि २३ गतेसम्म फागु बैरिया मेला महोत्सव हुने भएको छ। अंग्रेज युद्धसित सम्बन्धित रहेको गढीमाई नगरपालिकाको समनपुरमा प्रत्येक वर्ष ऐतिहासिक मेला लाग्ने गरेको आइतबार पत्रकार सम्मेलन गरी गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव र प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव र नगर प्रवक्ता एवम् वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठले फागुन १९ गतेदेखि २३ गतेसम्म फागु बैरिया मेला महोत्सव हुने बताएका छन्।।कुनै समय नेपाल र अंग्रेजबीच भएको युद्धमा समनपुरवासीले अंग्रेजलाई परास्त गरेको अवसरमा समनपुरमा प्रत्येक वर्ष अहिलेको समय मेला लाग्दै आएको छ। सन् १८१४ मा नेपाल–अंग्रेजबीच भएको युद्धमा स्थानीय समनपुरवासीले अंग्रेजलाई धपाएका थिए भने धेरै हातहतियार समेत खोसेको इतिहास छ। त्यसैले पनि समनपुरमा लाग्ने मेलामा विभिन्न गाउँ र जिल्लाबाट सर्वसाधारण पुग्ने गरेका छन। अंग्रेजबाट खोसिएको हातहतियार अहिले पनि सुरक्षित राखिएको गढीमाई नगरपालिकाका नगर प्रवक्ता श्रेष्ठलेनेपालीले अंग्रेज सेनालाई समनपुरबाट लखेटेको ऐतिहासिक दिनको सम्झना गराउन, गौरवशाली इतिहासको संरक्षण र प्रचार गर्न, स्थानीय संस्कृतिको संरक्षण गर्न उक्त मेला साथै स्थानीय खानाको प्रवर्धन गर्न र स्थानीय व्यवसायको विकास गर्ने पनि मेलाका उद्देश्य रहेको श्रेष्ठले बताएका छन्। चार दिनसम्म चल्ने होलीका सरसामान किन्नेका लागि मेला पहिलो रोजाइमा पर्ने देखिएको छ। मेलामा होलीका लागि अत्यावश्यक सरसामान किन्नुपर्ने भएकाले मेलामा आउनेको संख्यामा अत्यधिक हुने गढीमाई नगरप्रमुख श्याम यादवले बताए।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय