राम प्रबेश बैठा फगुन ०१ गते
रौतहटको क्षेत्र नं ३ को कटहरिया नगरपालिकामा जनयुद्ध दिवस मनाइएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको विवाह मण्डप भवनको प्रांगणमा आज साँझ जनयुद्ध दिवस मनाइएको हो ।
नेकपा माओवादी केन्द्रको क्षेत्र नम्बर ३ स्तरीय नेता कार्यकर्ताहरुले २८ औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन गरेका छन् । शहीदहरुलाई समझना गर्दै जनयुद्ध दिवस मनाइएको छ । यसरी कार्यक्रम गरेर भएपनि नेताहरुले शहीदको बलिदानलाई सम्झिएका छन् ।
सोमबार माओवादीका नेताहरुले जनयुद्ध दिवसको अवसरमा कटहरियामा दीप प्रज्वलन गरेका हुन् । दिप प्रज्वलन पछि कार्यक्रमलाइ सम्बोधन गर्दै फतुवा बिजयपुर नगर अध्यक्ष एवम् मेयर प्रत्यासी अजय तिमल्सिनाले महान सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उच्च सम्मानका साथ हामी यो दिप प्रज्वलन गरेको बताउनु भयो ।
उक्त कार्यक्रममा माओवादी केन्द्र मधेस प्रदेश सदस्य रामाकान्त चौरसिया ,देवाही गोनाही नगर अध्यक्ष नागेन्द्र कुशवाहा,कटहरिया नपाका बरिस्ठ उपाध्यक्ष दुर्गा साह बानिया,भगल साह बानियाँ सहित माओवादी केन्द्रका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड