July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सडक बोर्डको रकम पचाउन ज्ञानेन्द्र यादव फतुवा बिजयपुरमा तालाबन्दी गराएको कार्यवाहक मेयरको दाबी

संजय मिश्रा

रौतहट २५ माघ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले सडक बोर्डको रकम पचाउन प्रदेश सांसद जितेन्द्र यादव सुनिलका भाइ ज्ञानेन्द्र यादवले नगरपालिकामा तालाबन्दी गराएको दाबी गरेकी छिन। बुधबार पत्रकार सम्मेलनको आयोजना गरि मेयर खातुनले सडक बोर्ड बाट आएको ३२ लाख रुपैया कामै नगरी पचाउने नियतले ज्ञानेन्द्रले आफ्नै मान्छे उचालेर नगरपालिकाको कार्यालयमा तालाबन्दी गराएको दाबी गरेकी हुन । सडक बोर्ड बाट ३२ लाख रुपैयाको विकास गर्ने भनेर केहिदिन अघि नगरपालिकामा पत्र आएको थियो ।सो पत्र हेर्दाहेर्दै प्रदेश सांसद जितेन्द्रका भाइ ज्ञानेन्द्र केहिदिन अघि लिएर आफ्नो घरमा गएको थियो । सोही पत्रको माग गर्दा आर्थिक सहयोगको बहाना बनाएर मानिसहरुलाई उचालेर विभिन्न षड्यन्त्र गरिरहेको खातुन ले जानकारी दिएकी छिन। ज्ञानेन्द्रले आफ्ना नजिकैको मानिस राजेन्द्र महराको नेतृत्वमा केही मानिस पठाएर नगरपालिकामा तालाबन्दी गराएको पत्रकार सम्मेलनमा प्रष्ट पारेकी छन । यस आर्थिक बर्षमा फतुवा बिजयपुर नगरपालिकामा बिपन्न तथा गरिब परिवारलाई आर्थिक सहयोग गर्न छुट्याइएको १० लाख रुपैया मध्ये ३ लाख रुपैया बितरण भएको छ। अहिले पनि गरिब तथा बिपन्नले आर्थिक सहयोगको लागि नगरपालिकामा निवेदन दिरहेका छन । निवेदन अनुसार त्यसको छानबिन गरि वास्तविक गरिब बिपन्न परिवारलाई आर्थिक सहयोग दिईने मेयर अम्बेया खातुनले प्रतिबद्धता जनाएकी छिन। तर प्रदेश सांसद जितेन्द्र यादवका भाइ आफुलाई डिस्टर्व गर्ने उदेश्यले एउटा परिवार बाट आर्थिक सहयोगको लआगि १० जना संग निवेदन दिन लगाएर उनिहरुलाई उचालेर फतुवा बिजयपुर नगरपालिकामा पटकपटक अवरोध सिर्जना गरिरहेको मेयर खातुनले दिखेसो पोखेकी छिन। गाउँ सांसदले नगरपालिका संचालनमा सहयोगको सट्टा नगरपालिकाको सम्पती दुरुपयोग गर्न दाजुभाइ पटकपटक विभिन्न षड्यन्त्र दरिरहेको गुनासो गरिन। गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको टिकट बाट फतुवा बिजयपुरको मेयरमा गोपाल यादव र उपमेयरमा अम्बेया खातुन निर्वाचित भएका थिए । मेयर यादव अख्तियार द्वारा भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि उपमेयर खातुन कार्यवाहकको रूपमा मेयरको जिम्मेवारी सम्भालेकी छिन।मेयर गोपाल यादव निलम्बन र अम्बेया खातुन मेयर बनेदेखिनै आर्थिक चलखेल गर्न प्रदेश सांसद जितेन्द्र यादव का भाइ ज्ञानेन्द्र यादव विभिन्न जालझेल गर्दै आएको मेयर खातुनले पत्रकार सम्मेलन माझ जानकारी दिएकी छिन।