काठमाडौं ।
पूर्वराजदूत अञ्जान शाक्य राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत भएकी थिइन ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई राजदूत नियुक्त गरेको थियो । ओलीपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले शाक्यलाई राजदूतबाट फिर्ता बोलाएको थियो ।
उनी एमाले विदेश विभाग सदस्यसमेत हुन् ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे