काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सरकारले लक्षित समुदायका लागि सञ्चालन गरेको खोप अभियान घरघरमा पुग्नुपर्ने बताएका छन् ।
कोभिड १९ खोप, नियमित खोप तथा दादुरा–रुबेला प्रकोपको तयारी र प्रतिक्रियाका लागि परिवार कल्याण महाशाखाले सोमबार आयोजना गरेको राष्ट्रिय समीक्षा कार्यक्रममा बोल्दै मन्त्री गिरीले लक्षित समूह समक्ष सम्पूर्ण खोप पु¥याउनुपर्नेमा जोड दिए ।
मन्त्री गिरीले खोप अभियानलाई सफल बनाउनका लागि वडा, पालिका, प्रदेश र संघले विशेष ध्यान दिनुपर्ने बताए । खोपका बारेमा जनताको धारणा अध्ययन गर्न उनले निर्देशन समेत दिए । खोप अभियानलाई प्रत्येक घर र व्यक्तिसम्म पु¥याउन सरकार चुक्न नहुने मन्त्री गिरीको भनाइ छ ।
हरेक बच्चाको अभिलेख डिजिटल प्रणालीमा उल्लेख गर्न मन्त्री गिरीले सुझाव दिए । उनले सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने जनशक्ति र पूर्वाधार थपिने बताए ।
More Stories
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ