११ माघ, बीबीसी ।
इजिप्टमा मुल्यवृद्धि बढ्दै जाँदा अब कार, वासिङ मेसिनहरू जस्तै किताब समेत महँगोमा किन्नुपर्ने बाध्यता आइलागेको छ ।
‘अहिले किताब पनि महँगो सामान जस्तै हुन थालेको छ। किताब अब खाना जस्तै आधारभूत आवश्यकता रहेन, मानिसहरुले यसलाई जोगाउन थालेका छन् ।’ सेफसाफा पब्लिसिङ हाउसका मोहम्मद ईल बालीले भने ।
उनले गतवर्ष कायरोमा आयोजित किताब मेलामा भनिरहेका थिए, जसले लाखौ मानिस आफूतिर ध्यानाकर्षण गरेका थिए ।
इजिप्टमा किताबहरु परेकोभन्दा दोब्बर मूल्य तिर्ने स्थिति आउन थालेर्पछि लेखकहरुले आफ्नो पुस्तकमा पात्र र लेखनशैली छोट्याउनु परेको बताएको बीबीसीले जनाएको छ ।
किशोरका लागि लोकप्रिय कथा लेख्ने लेखक दिना अफिफीले यस्तो योजनाले पुस्तक बिक्रीलाई थप बढावा दिने आशा राखेकी छिन्।
उनले भनेकी छिन्, ‘बढ्दो छपाई लागतका कारण मैले पछिल्लो पुस्तकको रूप नै परिवर्तन गरेकी छु, १०० पेजको पुस्तकलाई ६० पेजमा सीमित गरेकी छु। पात्रहरु पनि घटाएँ ।’
‘कागज र मसीको मूख्य ह्वात्तै बढेको छ’, इल बाली भन्छन्, ‘गत वर्षको तुलनामा एक टन कागजको मुल्य चौगुणाले बढेको छ।’
उनी अहिले आफू बाहिर विदेशमा पुस्तक छाप्न थालेको र माग अनुसारको मात्रै छाप्न लागेको बताउँछन् ।
उनी भन्छन्, ‘अरबका देशहरुमा सबैभन्दा पुरानो र सबैभन्दा ठूलो प्रकाशन उद्योगको रुपमा उदाएको बेला यस वर्षको पुस्तक मेलामा किनमेल गर्नेहरूको संख्या घट्ने डर थियो ।तर अहिले किस्ताबन्दीमा पैसा तिर्नु पर्ने स्थिति आउन थाल्यो।’
इजिप्टियन पब्लिशर्स एशोशिएसनका अनुसार ग्राहकहरूले अब डेढ प्रतिशत ब्याज तिरेर किताब किन्न नौ महिनासम्म कुर्नुपर्ने समय आएको छ ।
मुल्यवृद्धिले पछिल्लो महिनामा इजिप्टका पाठकहरूले किताबमा गर्ने खर्च कटौती गर्न थालेका छन् । आर्थिक महँगीका कारण उनीहरु कम गुणस्तरका पुस्तकहरुको पनि फोटोकपी गरेर किन्न थालेका छन् जुन ५० देखि १०० इजिप्टियन पाउण्डमा उपलब्ध छन् ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै