July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

महालक्ष्मी लाईफले २१ जिल्लामा सम्पन्न गर्यो महिला सशक्तिकरण कार्यक्रम

काठमाडौं ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले  महिला सशक्तिकरणका लागि पहिलो चरणको एक महिने कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गत पुस ४ गते चितवनको सौराहाबाट उक्त कार्यक्रमको सुरुवात गरेका थिए ।

त्यस्तै, पुस ११ गते रुकुम पश्चिममा पनि महिलाहरुको रोजगारी र समृद्धिको नारा सहित तालिम कार्यक्रम संचालन गरिएको थियो । महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सीईओ रमेशकुमार भट्टराईले रुकुम पश्चिमबाट संचालन गरेको पहिलो चरणको तालिम कार्यक्रम हिजो माघ १० गते लमजुङ र गोरखामा तालिम दिदै सम्पन्न भएको बताए ।

हालसम्म २१ जिल्लामा संचालित उक्त कार्यक्रममा  १७ सय ५० भन्दा धेरै जनाको सहभागीताका थिए भने रुकुम पश्चिम, म्याग्दी, दाङ, कंचनपुर, बारा, काठमाण्डौ, भक्तपुर, पर्सा, पर्वत, मकवानपुर, रौतहट,धनुषा, सुनसरी, झापा, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, तनहुँ, लमजुङ र गोरखामा उक्त कार्यक्रम सम्पन्न भैसकेको कम्पनीले जनाएको छ।

गत हप्ता नारायणघाट, कावासोती, बुटबल, र पाल्पामा पनि कार्यक्रम आयोजना गरिएको थियो। महालक्ष्मी लाइफका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ, तालिम विभाग प्रमुख सिताराम धिमाल र बजार प्रबन्धक यमलाल न्यौपानेले तालिम प्रदान गरेका थिए।

त्यस्तै, दमौली, लमजुङ र गोरखामा संचालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए। महालक्ष्मी लाइफले आगामी फागुन र चैत्रमा दोस्रो चरणको कार्यक्रमम संचालन गर्ने तयारी गरेको कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल जानकारी दिएइन् ।