January 24, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सुष्मा एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा, नेपाललाई कम्तीमा रजत पदक पक्का

थाइल्यान्डमा जारी एएसबिसी यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपमा उनले ४५-४८ केजी तौल समूहकाे अन्तिम दुईमा स्थान सुरक्षित गर्दै कम्तीमा रजत पदक पक्का गरेकी हुन्।

एसियाली च्याम्पियनसिपमा नेपालले रजत पदक जित्न लागेकाे याे इतिहासमै पहिलो पटक भएको नेपाल बक्सिङ संघले जनाएकाे छ।

 

आइतबार भएकाे सेमिफाइनल खेलमा उनले मंगोलियाकी खेलाडीलाई आरएससीका आधारमा हराइन्।

सुष्माले अब स्वर्ण पदकका लागि फाइनलमा उज्वेकिस्तानकी खेलाडी फाेजिलोभा फार्जोनासँग भिडन्त गर्ने छिन्।फाइनल खेल बुधबार हुनेछ।