July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बलिदानी दिवसको अबसरमा आयोजना गरिएको वैडमिन्टन प्रतियोगिता सम्पन्न

सत्येन्द्र प्रताप सिंह माघ ६
रौतहट मधेस आन्दोलनका सहिदको सम्झनामा हरेक बर्ष माध ५ गते मनाईने वलिदानी दिवसको अवसरमा गाैरमा आयोजना गरिएको वैडमिनटन प्रतियोगिता सम्पन्न भएको छ । समाजवादी विधार्थी युनियन राैतहटको आयोजना तथा दियालो युवा कल्व गाैरको सहयोगमा गौर राईस मिल हलमा सम्पन्न भएको छ । सो बैडमिन्टन प्रतियोगिताको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय रौतहटको टिमले नेपाल पुलिस स्कुल गरुडाका टिमलाई हराउदै उपाधी जित्न सफल भएका हुन । त्यस्तै तेस्रो स्थानमा एपीएफको टिमको यात्रा सकिएको थियो । स्थानमा उक्त प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल पत्रकार महासंघ, प्रहरी स्कुल सहित ११ वटा टिम सहभागी रहेका थिए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रामकिशोर यादव उर्फ किशोरी यादव, विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य माननीय शोभा साह, अतिथिको रुपमा जसपा नेपालका जिल्ला अध्यक्ष श्याम विहारी यादव, नेपाल प्रहरीका एसपी वीर बहादुर बुढा मगर, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा र न्यू दियालो युवा क्लबका अध्यक्ष विक्रम यादव, समाजवादी विद्यार्थी युनियन संघका जिल्ला अध्यक्ष धर्मेन्द्र यादव, समाजवादी विद्यार्थी युनियन संघका केन्द्रिय सदस्य ललन यादव लगायत सयौंको संख्यामा दर्शकहरुको उपस्थिती रहेको थियो । सो खेलमा प्रथम ,द्वितिय र तृतीय हुने टिमलाई क्रमश ११हजार ८ हजार र पाँच हजारका दरले पुरस्कार वितरण गरिएको छ भने समापन समारोहमा गमछा ओढाइ पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ ।