July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

673357900

जिल्लास्तरीय मेयरकप भलिबल हुने

 

डोल्पा, माघ २८ गते ।

त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा दोस्रो जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । त्रिपुरासुन्दरी नगर कार्यपालिकाको बैठकले जिल्लास्तरीय दोस्रो मेयर कप भलिबल प्रतियोगिताको आयोजना गरिन लागेको नगरपालिका शिक्षा शाखाका टिकादत्त न्यौपानेले जानकारी दिनुभयो ।

फागुन २ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागिता जाउने खेलाडी सबै जिल्लावासी हुनु पर्ने समुह दर्ता गर्दा जिल्लावासी परिचय पत्र खुल्ने कागजपत्र पेश गर्नु पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीलाई एक लाख १५ हजार, उपविजेतालाई ६१ हजार, तेस्रो हुनेलाई ४१ हजार र चौथो हुने टोलीलाई २१ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडीलाई सात हजार रुपियाँ र अनुशासित खेलाडीलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका खेलहरु त्रिपुराकोटवगरस्थित खेलकुद मैदानमा हुनेछ ।