July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको देवाही गोनही नगरपालिकामा सुरक्षीत विद्यालय पुनः संचालन सम्बन्धि कार्यशाला

पुस २४ गते
प्रेमचन्द्र झा
राैतहट ।देवाही गोनही नगरपालिकामा सुरक्षीत विद्यालय पुनः संचालन सम्बन्धि विद्यालय स्तरीय दुई दिवसिय कार्याशाला गोष्ठी सफलतपुर्वक शनिवार सम्पन्न भएकोछ । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा भएको सो कार्याशालामा नगर भरीका विधालयका प्रधानध्यापक, शिक्षाक, विद्यालय ब्यवस्थपन प्रतिनिधि, बाल कल्वका पदाधिकारी सहितको उपस्थिति रहयो । कार्यशालामा प्रशिक्षक इश्वर दत्त जोशी र कृष्ण कुमार साह सहजिकरण गर्नु भयो । नगरपालिका अन्तर्गत रहेका विद्यालयहरुको विधालय सुधार योजना , विद्यालय बिपद पुर्व तयारी प्रतिकार्य योजना तयारी गर्नमा सहयोग गर्ने मुख्य उदेश्यले कार्यशाला आयोजना गरिएको हो । भुकम्प प्रविधी राष्ट्रिय समाज नेपालको आयोजनामा र युनिसेफ नेपाल र युरोपियन युनियन नेपालको आर्थिक सहयोगमा नगरपालिकाको शिक्षा समूह प्रबलिकरन कार्यक्रम रौतहट जिल्लाको देवाही गोनही, यमुनामाइ, राजदेवी, गरुडा , चन्द्रपुर, बृन्दाबन, फतुवा बिजयपुर र गुजरा नगरपालिकामामा पछिल्लो एक वर्ष देखि कार्यक्रम संचालन हुँदै आएका छन ।