वीरगञ्ज, २२ पुष ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश र जनताभन्दा पनि सत्ता र कुर्सीका लागि वर्तमान पार्टीहरु केन्द्रीत भएको आरोप लगाएका छन् । विगतमा देश, जनता र परिवर्तनका लागि लड्ने पार्टीहरु सत्ता मोहका लागि प्रदुषित भएको आरोप अध्यक्ष साहको छ ।वीरगञ्जमा शुक्रवार आयोजित आम जनता पार्टीको मधेश प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अग्रगमन र देश तथा जनताको हितलाई मध्यनजर गर्दै नयाँ पार्टीको शुरुवात गर्न बाध्य भएको बताए । अहिलेको संसदीय व्यवस्थाले परिवर्तन सम्भव नहुने जिकिर गर्दै रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यसमेत रहेका साहले अहिलेको संसदीय तथा शासकीय व्यवस्थाले नेपालमा स्थिरता सम्भव नहुने दावी गरे ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय