July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

शिक्षामा कुनै प्रकारको सम्झौता नगर्न नगर प्रमुख जयसवालको आग्रह

राैतहट,पुस १३ गते
शिक्षामा कुनै प्रकारको सम्झौता नगर्न रौतहट जिल्लाको गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले आग्रह गर्नु भएको छ । निर्वाचित भए देखि नै नगरको शिक्षाको गुणस्तर उकास्न निरन्तर खबरदारी र नगरको विभिन्न बिधालयको शैक्षिक गतिविधिको निगरानी गर्दै आउनु भएका गरुडा नगरपालिकाको लोकप्रिय नगर प्रमख जयसवालले आफ्नो नगरको प्रत्येक नागरिक साथै बालबालिकाहरु शिक्षित होस उदेश्यले शिक्षामा कुनै कमि हुन नदिन जहिले पनि लागिरहने बताउँदै आईरहनु भएकाे छ ।
नगर प्रमुख जयसवालको सोहि कुराले नगरबासि हर्षित छन् । रौतहट जिल्ला शिक्षामा पछाडी परेको कुरा सर्वदित्तै छ । शिक्षालाई अगाडी बढाउन स्थानिय जनप्रतिनिधि देखि अभिभावकहरुलाई सक्रिय भई आ–आफ्नो ठाउँबाट जागरुता देखाउन आवश्यक देखिएको बताउनु भयो ।

बुधबार जिल्लाको मध्यभाग गरुडा नगरपालिका स्थित रहेको मा.बि.बिधालयमा भएको शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागिता हुदै नगर प्रमुख जैसवालले शैक्षिक गुणस्तर वृद्वि गर्नका लागि लगनशील हुनुपर्ने भन्दै अभिभावकहरुमा आग्रह गर्नु भएको थियो । त्यसतै अभिभावक लगायत बिधालयका प्रधानाध्यापकले पनि विद्यालय ब्यवस्थापन समिति, अभिभावकले विद्यालयको भौतिक तथा शैक्षिक उन्नतीमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो ।नगर प्रमुख जैसवालले शिक्षामा कुनै प्रकारको सम्झौता नगर्ने बताउनु भयो ।

मा.वि बिधालयका प्रधानाध्यापकहरुलाई शिक्षामा गुनस्तर ल्याउन आफ्नो मातहातमा रहेका शिक्षक देखि शिक्षिकाहरुलाई कडाईका साथ अध्यन अध्यापन गराउन निर्देशन समेत दिएका थिए ।बिधालयमा बिधार्थीहरुसंग सुमधुर ब्यवहार गर्न र उनीहरुको ईच्छा र भावनाको कदर गरि अध्यापन गराउन आग्रह गर्नु भएका थिए । तर आजकल कतिपय बिधालयहरुमा पनि छात्राहरु असुरक्षित रहेको पाईएको छ । यस्ता कुराहरु बन्द गरि उनीहरुलाई सुरक्षाको अनुभुति दिलाउने कार्य आग्रह समेत गरेका छन । त्यस्ता गतिबिधि देखेर कतिपय छात्राहरु बिधालय समेत जान र अभिभावकहरुले बिधालय पठाउन नचाहेको देखिरहेको छ । त्यस कारण शिक्षा जस्तो पबित्र कुरालाई अपमान नगर्न आग्रह समेत गर्नु भएको थियो ।