July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मौलापुरको सोनरनियामा हाकिमको निर्देशनमा ढलान तथा नाला निर्माण कार्य तिव्र गतिमा हुँदै

रौतहट ,पुस १३ गते
रौतहटको मौलापुर नगरपालिकाको सोनरनियामा सडक ढलान तथा नाला निर्माणको कार्य तिव्र गतिमा भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर ८ र ९ सोनरनियाको सडक ढलान र नाला निर्माणको कार्य भइरहेको छ ।
यसै आ.व. भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी आश्रय निर्माण सेवाले सो विकास निर्माणको काम गरिरहेको छ । शहरी विकास मन्त्रालय अन्तर्गत साढे चार करोड भन्दा बढीको बजेट बाट सडक ढलान र नाला निर्माण भइरहेको निर्माण सेवा कम्पनीका सुपरभाइजर रमेश यादवले जानकारी गराउनु भयो । काममा गुणस्तरीयता बरतेर काम भइरहेको बताए । कामको गुणस्तरीयता बारे उठाइएको प्रश्नमा खण्डन गर्दै उनले भने काँही कतै काममा कमीकमजोरी भए आफूहरु सुधार गरेर अगाडी बढन तयार रहेको बताए ।
यादवका अनुसार शहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना विरगंज द्वारा २०७८ असाढ महिना आश्रय निर्माण सेवाले सम्झौता गरि समयअवधी भित्रमा काम सम्पन्न गर्न लागि परेको बताए । अहिले सम्म ७० प्रतिशत जती हामीले काम सम्पन्न गरिकेको जानकारी गराए ।
सडक ढलान तथा नाला निर्माण बारे सामाजिक संजाल तथा विभिन्न मिडियामा गुणस्तरहिन काम भइरहेको भनि आएको सामाचार पछि दुवै वडाका वडा अध्यक्ष द्धय वडा नम्बर ८ का वडा अध्यक्ष शिवपर्सन यादव र वडा नम्बर ९ का वडा अध्यक्ष श्यामकिशोर साह र स्थानियहरुले स्थलगत अनुगमन पनि गरेका छन् । वहाँहरुले आफनो मान्छे राखेर आफनै निगरानीमा काम गराइरहेको प्रतिक्रिया दिएका छन् । काममा केही त्रृटी भए सुधार गरेर मात्र अगाडी बढाइरहेको बताए ।