July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा बिजयपुरकाे टेंग्राहामा आगलागी,लाखौंकाे सम्पत्ति जलेर नष्ट

रूपेश यादव ,राैतहट,पुस १० गते
राैतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत फतुवा बिजयपुरमा आगलागीकाे घटना घटेको छ । साे नगरपालिकाकाे वडा नम्बर ४ टेंग्राहा स्थित एक जना स्थानीयकाे खपडाकाे घरमा आईतवार दिउँसो १ बजेकाे समयमा आगजनी भएको हाे ।

स्थानीय राजेन्द्र राय यादवकाे घरमा लागेकाे आगाे बाट घरमा रहेकाे घरेलु मिटर,लत्ताकपडा,अन्नपात,भाँडाकुँडा , श्राद्धमा प्रयाेगहुने सामग्री ,धान सहित करिब २ लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको पिडित परिवारले जनाएको हाे ।
बिधुत सर्ट भएर आगजनी भएको पिडितकाे भनाई रहेकाे छ । स्थानीयहरू र प्रहरीकाे सहयाेगमा आगलागी नियन्त्रणमा लिईएकाे थियो ।