July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा बिजयपुरकाे हिमाली जनता माविले परिक्षाकाे नाममा अवैध शुल्क असुल्दै

राजु श्रीवास्तव राैतहट,पुस ०७ गते
राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकामा रहेको श्री हिमाली जनता माध्यमिक बिधालयले परिक्षाकाे नाममा अवैध शुल्क असुल गरिरहेकाे पाईएकाे छ । साे नगरपालिकाकाे वडा नम्बर ११ मा रहेकाे बिधालयले बिधार्थीहरू बाट नै रकम असुली गरिरहेकाे रहस्य बाहिर आएकाे छ । सरकारले माध्यमिक सम्मकाे शिक्षा निशु:ल्क दिने व्यवस्था गरेकाे छ । परिक्षाकाे लागि पनि स्थानीय सरकारले व्यवस्थापन गरेकाे छ । तैपनि परीक्षा शुल्ककाे नाममा रकम वसुली गरिरहेका छन् ।

शिक्षा शाखाकाे अनुमति बिना नै एक सूचना नै जारी गरि कक्षा वाईज रकम उठाईरहेका छन् । कक्षा १ र २ काे परीक्षा शुल्क रू ५० ,कक्षा ३,४ र ५ बाट रू ७० , कक्षा ६ र ७ बाट १००,कक्षा ८ बाट १००, कक्षा ९ र १० बाट १२० का दरले वसुल गरिरहेका छन् ।

यसकाे अलावा बिधालयले मासिक शुल्क पनि उठाइरहेकाे छ । बिधालयले मनमाैजी तरिकाले शुल्क वसुल गरिरहेको अभिभावक र बिधार्थीहरूले गुणासाे गरेका छन् । यसरी सरकारी विद्यालयहरूले अवैध शुल्क असुल्दै आएपनि स्थानीय सरकार बाट अनुगमन शून्य भएको पाइएको छ ।

बिधालयले अबैध रकम वसुली गर्दा अभिभावकहरू मारमा परेका छन् । यसरी सामुदायिक विद्यालयले मनलाग्दी शुल्क असुली गरिरहेकाे छ । यस विषयमा बिधालयका प्रधानाध्यापक बाबुराम आचार्य सँग साेध्दा बिधालय व्यवस्थापन समितिकाे निर्णय अनुसार नै आफूहरूले शुल्क वसुल गरिरहेकाे बताए । निजी स्राेतका शिक्षक, शिक्षिकाहरू पालनकाे लागि शुल्क उठाउनु पर्ने बाध्यता रहेको बताउनु भयाे । बिधालयमा कुनै निजी स्राेत नरहेकाले यस्ताे गर्नुपरेको उनले बताए ।

यस विषयमा शिक्षा संयाेजक तेजनारायण यादव सँग साेध्दा शिक्षा शाखाले कुनै किसिमको शुल्क वसुली गर्नकाे लागि अनुमति नदिएकाे बताए । स्राेतका अनुसार बिधालयकाे नाममा १८ बिगहा खेत रहेपनि त्यसलाई व्यवस्थापन नगरी बिधार्थीलाई भार पर्ने गरि रकम वसुली गरिरहेका छन् । अभिभावकहरूले यस विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराएका छन् ।