रौतहट, पुष ५ गते
रौतहटमा एकजना बिधायकले लाखौं मुल्य बराबरको एकथान प्रोटेबल अल्ट्रासाउण्ड मेसिन र स्वस्थ्य समाग्री देवाही गोनाही नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ ।
बुधबार नेकपा एकिकृत समाजवादीबाट रौतहट क्षेत्र नं.२ (क) बाट प्रदेश सभा सदस्यमा नव निर्वाचित प्रदेश सांसद कनिश पटेलले एक कार्यक्रमका बीच नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहलाई उक्त प्रोटेबल अल्ट्रासाउण्ड मेसिन स्वास्थ्य समाग्री नाभी मल्हम १ हजार पिस हस्तान्त्रण गरेका छन् ।
आफनै पहलकदमीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाठौंबाट सहयोग प्राप्त गरेका १६ लाख मुल्य बराबरको उक्त मेसिन देवाही गोनाही नगर अस्पताललाई प्रदान गर्न बिधायक पटेलले नगर प्रमुख साहलाई हस्तान्त्रण गरेका हुन ।
ग्रामीण क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य परीक्षण र त्यसको नतिजाको आधारमा उपचार गर्न सहयोग होस भन्ने उद्देश्यले उक्त प्रोटेबल अल्ट्रासाउन्ड मेसिन सहित करिब २० लाख मुल्यबराबरको औषधी समाग्री हस्तान्तरण गरिएको उनले बताए ।
यो मेसिनले गर्भवती महिलाको पेटमा रहेको बच्चाको अवस्था सजिलै थाहा पाउन सकिने भएको हुँदा यसले गर्भवती महिला र नवजात शिशुको मृत्युदर घटाउन निकै सहयोग पुग्ने विश्वास गरिएको उनले बताए ।
गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको मृत्यु कम गर्न र स्वास्थ्य सुरक्षाको बारेमा जानकारी लिन यो मेसिन निकै उपयोगी हुनेछ ।
उक्त मेसिनले महिलाको गर्भमा समस्या भएमा समयमै पत्ता लाग्न सजिलो हुने नगर प्रमुख साहले बताए । यो मेसिन ल्याउन देवाही गोनाहीका नगर प्रमुख प्रेमलाल साहको पनि भूमिका महत्वपुर्ण रहेको छ ।
प्रदान गरिएको उक्त अल्ट्रासाउण्ड मेसिन वडा नं ८ प्रेमपुर गोनाही स्थित रहेको नगर अस्पताललाई उपलब्ध गराउने मेयर साहले बताए ।
त्यस्तै सि अहेब राधामोहन प्रसाद साहको बिषेश पहलमा धरहरी स्वस्थ्य केन्द्रको लागि नेबुलाईजर १ थान पिपि मेसिन ५ थान,आला ५ थान, अक्सी मिटर ५ थान,थर्मामिटर ५ थान,पारासिटामोल ६ अजार पिस प्रदान गरिएको स्वस्थ्यकर्मी संघका प्रदेश सदस्य तथा केन्द्रका सि अहेब राधामोहन प्रसाद साहले जानकारी दिनु भयो ।
सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साह, प्रशासन प्रमुख राजदेव राम, वडा नं.४ का वडा अध्यक्ष रामप्रबेश पटेल,वडा नं.९ का बिर बहादुर साह, वडा नं.६ का वडा अध्यक्ष बिष्णु दास, पुर्व वडा अध्यक्ष अनिल झा,
एकिकृत समाजबादी पार्टीका मेयर प्रत्यासी धर्मेन्द्र पटेल, समाजबादी पार्टीका नेता बिनोध पटेल नगरपालिकाका बिभिन्न शाखामा कार्यरत कर्मचारी र पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय